पार्टीमा गुट उपगुट मौलाएको छः नेतृ रेखा थापा

  Sampatti News 2024

June 25, 2024

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले राष्ट्रवादी आन्दोलनलाई मूर्तरुप दिन विशेष महाधिवेशनबाट नयाँ उर्जा लिएर अघि बढ्नु पर्ने सुझाएका छन् ।

राप्रपा भित्रको सुस्त संगठन र पार्टीमा आकर्षणको कमी भएको बेला विशेष अधिवेशन गर्न हिचकिचाउनु नहुने, यस्तो कदम पार्टी र विचारको हितमा हुने ठहर राप्रपा कार्यसम्पादन समिति सदस्य थापाको छ ।

‘पार्टी प्रक्रियासम्मत ढंगबाट अघि बढ्न सकिराखेको छैन, गुट उपगुट मौलाएको छ । संगठन सुस्त छ, आकर्षणमा कमी छ, यस्तो बेलामा विशेष महाधिवेशन गरेर नयाँ उर्जाका साथ अघि बढ्न सके राष्ट्रवादी आन्दोलनले मूर्तरुप लिन्छ । पार्टी र विचारको हित हुन्छ,’ मंगलबार ट्वीट गर्दै थापाले भनिन् ।

‘पार्टी जीवनमा यस्तो निर्णय लिन हिचकिचाउनु हुँदैन,’ उनको भनाइ छ ।

प्रकाशित मिति:June 25, 2024