नेतृत्वमा छैन माधव नेपालको विकल्प

  Sampatti News 2024

June 27, 2024

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को १० औँ महाधिवेशन नजिकिएसँगै नेताहरु तिब्र रुपमा ढौडधुपमा देखिएका छन् । पार्टीको १० औं अधिवेशनबाट नयाँ नेतृत्व तयार पार्न शिर्ष नेताहरुको रस्साकस्सीनै देखिएको छ ।

अध्यक्ष पदमा हालका अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनस्याम भुसाल अध्यक्षको दाबीका साथ अधि बढीरहेका छन् । घनस्यामलाई सम्मानित नेता झलनाथ खनालले सघाउने गरि दुई नेताबीच आन्तरिक सहमति भएको समाचार आएको छ । घनस्याम भुसालसँग झलनाथ खनालले अध्यक्ष बनाउने आन्तरिक सहमति हुनुअघि खनाल पनि अध्यक्षको ढौडधुपमा थिए ।

उनीहरु जसरी ढौडधुपमा छन् त्यसरीनै नेतृत्व चयन सर्वसम्मत रुपमा हुनुपर्ने रटान लगाईरहेका छन् । कसको नेतृत्वमा सर्वसम्मत कमिटी गठन हुन्छ भन्नेमा द्विविधा रहेको नेताहरु बताउछन् । पार्टीकोे महाधिवेशन १६ गते सुरु हुने कार्यतालिका छ ।

नेकपा एसका एक नेता भन्छन्– ‘ढौडधुपमा रहेका तीन जना नेता नै अध्यक्ष बन्न चाहन्छन् र सर्वसम्मत पनि चाहन्छन् । उनीहरुले सर्वसम्मतको रटान यति लगाइँदैछ कि कुनै पनि हालतमा निर्विरोध नेतृत्व चयन गर्नुपर्ने भनिएको छ ।’

पार्टीका नेपालकै आवश्यकता किन ?

नेकपा (एमाले)मा रहदा विद्रोह गरेर अर्को पार्टी बनाउन सफल भएका नेपालनै अध्यक्षमा बन्नुपर्ने जरुरी रहेको एक नेता बताउछन् । एमालेसँग विद्रोहको मसाललाई हात नकमाई बोकिरहने पङ्क्ति तयार पारेर आफुलाई ऐतिहासिक सावित गर्न सफल नेपाललाई नै अध्यक्ष बनाउनुपर्ने पार्टीको एउटा ठुलो पङ्ती खडा छ ।

यता नेपाल देशभरका प्रतिनिधिको चाहाना बमोजिम अब फेरि अध्यक्ष पद दोर्होयाउने योजनामानै छन् । उनी आफ्नै नेतृत्वमा एमालेबाट विद्रोह गरेकाले अब पनि दोहोरिनुपर्ने कार्यकर्ता चाहाना बमोजिम नै अडानमा रहेको उनी पक्षीय एक नेता बताउँछन् । नेपालले आफू निकट नेतालाई सबैलाई समेटेर समीकरण नै बनाएका छन् ।

विगतमा एमालेमा रहदा एमाले निर्माण विकास र सुरक्षाको कामको नेतृत्व गर्ने माधव नेपाल र झलनाथ खनालसहितका नेताहरुको सामुहिक नेतृत्वमा चलेको पार्टी सोचे जस्तो ठुलो भै नसकेको यथार्थलाई पनि नेताहरु स्विकार गर्छन् । तर, पार्टी समाप्त पार्न, यसको अस्तित्व नै नामेट पार्न गरिएका तमाम संगठित र शक्तिशाली कोसिसहरुका बीच पनि पार्टी टिकाई राख्न नेपालले खेलेको भुमिकालाई कसैले पनि नकार्न नसक्ने नेताहरुको बुझाई छ ।


माधव नेपाललाई नै अध्यक्ष बनाउनुपर्ने उनी निकट एक नेता भन्छन्– ‘उहाँले एमालेबाट जोखिम उठाएर विद्रोह गर्न मात्र नभई त्यस विद्रोहको मसाललाइ हात नकमाई बोकिरहने पङ्क्ति तयार पार्नु भएको छ जुन ऐतिहासिक छ । फेरी यसमा कोहि एक व्यक्ति वा समुहले जस लिने भन्ने कुरै छैन । यो पार्टीले अबलम्बन गरेको सामुहिक नेतृत्व व्यक्तिगत जिम्मेवारीको कारणले हो ।’

पार्टीमा ‘परिपक्क र अनुकुल’ पनि नेपालनै

अबको १० औं महाधिवेशनबाट पनि अध्यक्ष माधव नेपालनै अध्यक्षमा दोहोरिनु पार्टीका लागि परिपक्क र अनुकुल पनि देखिएका छन् । विद्रोहको औचित्यलाई अझ घनीभूत रूपमा पुष्टि गर्नुपर्ने जिम्मेवारी पनि अझै उनमा रहेको राजनीतिक विश्लेषकहरुले बताउदै आएका छन् । सोहि हिसावले पनि नेपालनै सर्वसम्मत अध्यक्ष बन्नुपर्ने पार्टीका अधिकांस नेताहरुको भनाई छ । पार्टीका एक नेता भन्छन्–‘ देशभरबाट १८५० जना महाधिवेशन प्रतिनिधि आउने र करिव ९० प्रतिशत प्रतिनिधिहरुको नेपाललाई अध्यक्ष बनाउनु पर्छ भन्ने धारणा छ । यहिकारण पनि नेपाल अध्यक्ष बन्ने पक्का जस्तै छ ।’
नेपालले सशस्त्र द्वन्द्वमा सामेल नेकपा (माओवादी) लाई शान्तिपूर्ण राजनीतिमा ल्याएर महत्वपूर्ण भुमिका निर्वाह गरेको सबैलाई जग जायरनै भएको बेला नेपाललाई जुनसुकै हालतमा अध्यक्ष बनाएरै छोड्ने एक नेताको दाबी छ ।

माधवकुमार नेपालको नेतृत्वमा अन्य नेताहरुले आफैँले खडा गरेको एउटा गौरवशाली विरासतबाट विद्रोह गरेर कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्ने चुनौतीपूर्ण चरणमा प्रवेश गरेर पनि आफुलाई ऐतिहासिक सावित गरेका उनलाई नेतृत्वका साथ अगाडि बढ्नुपर्ने आवश्यकता समेत भएको राजनीतिक विश्लेषकहरुको बुझाई छ ।

पार्टीलाई समाप्त पार्न चाहने प्रतिगामीहरु उत्तिकै शक्तिका साथ राजनीतिमा क्रियाशील रहेको अवस्था पनि जिवितै छ । सोहि हिसावले पनि तत्काललाई अध्यक्षमा नेपालनै आन्तरिक र वाह्य दुवै हिसाबले समय सापेक्ष देखिएको राजनीतिक विश्लेषकहरु बताउछन् ।

प्रकाशित मिति:June 27, 2024