झलनाथले भने – घनश्याम भुसाललाई सघाउने भन्ने कुरा बेकारको हो

  Sampatti News 2024

June 27, 2024

काठमाडौं । नेकपा (एकीकृत समाजवादी पार्टी) का सम्मानित नेता झलनाथ खनालले आफू अध्यक्षबाट पछि नहटेको स्पष्ट पारेका छन् ।

आज बसेको पार्टी केन्द्रीय सचिवालय बैठकबाट बाहिरिने क्रममा उनले अध्यक्ष पदको दाबीबाट ब्याक भएको भन्ने कुरा बेकारको रहेको दाबी गरे ।

उनले को कसै सँग मिलेको नभई सब एकतावद्ध भएर सहमतिका साथ जाने हो भन्दै सञ्चारकर्मीसँग प्रतिकृया दिए ।

उनले आफ्नो नेतृत्वामा सहमति हुने दाबीसमेत गरे ।

एकीकृत समाजवादीले असार १६ देखि २० गतेसम्म काठमाडौंमा पार्टीको दशौं महाधिवेशन आयोजना गर्दैछ ।

नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष माधवकुमार नेपालसहित खनाल र महासचिव घनश्याम भुसाल प्रतिस्पर्धामा उत्रने तयारी गरेका छन् ।

प्रकाशित मिति:June 27, 2024