चिकित्सा शिक्षा आयोगले गर्यो माथिल्लो तहका शैक्षिक कार्यक्रमको शुल्क निर्धारण

  Sampatti News 2024

June 28, 2024

काठमाडौं । चिकित्सा शिक्ष आयोगले स्नातक तह, स्नातकोत्तर र स्नातकोत्तरभन्दा माथिल्लो तहका शैक्षिक कार्यक्रमको शुल्क निर्धारण गरेको छ ।

आयोगले शैक्षिक सत्र २०८१ ०८२ का लागि चिकित्सा शिक्षा अन्तर्गत एमबीबीएसको उपत्यकाभित्र ४१ लाख ६८ हजार ९० र उपत्यका बाहिर ४५ लाख ९५ हजार ७२० शुल्क तोकिएको छ।

बीडीएसमा २० लाख ९२ हजार २९०, बीएस्सी नर्सिङमा १० लाख ३६ हजार तोकेको छ । बीएस्सी एमआइटी, बीपीटी, बी। मेडिकल माइक्रोलोजी र बी। बायोकेमेस्ट्री, बीपीएच, बीफार्मेसी, विपर टेक, बीएएसएलपी लगायतको शुल्क सात लाख ७७ हजार तोकिएको छ।

स्नातकोत्तर तहतर्फ एमएस्सी मेडिकल माइक्रोबायोलोजी र एमएस्सी मेडिकल बायोकेमेस्ट्री, एमएस्सी एमआईटी, एमएस्सी एमएलटीको सात लाख ५७ हजार ८३० तोकिएको छ।

स्नातकोत्तर तहभन्दा माथि एमफिल क्लिनिकल साइकोलोजीको तीन लाख चार हजार २२० र डीएमको २५ लाख ९० हजार शुल्क तोकिएको आयोगले जनाएको छ।

प्रकाशित मिति:June 28, 2024