मदन भण्डारीको आज ७३औँ जन्मदिन

Nepal Cover
१५ असार २०८१, शुक्रबार
image

काठमाडौं । नेकपा एमालेले आज मदन भण्डारीको ७३औँ जन्मजयन्ती मनाउँदैछ। जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले विविध कार्यक्रम आयोजना गर्दै आएको छ।

नेकपा एमालेका तत्कालीन महासचिव भण्डारीले ‘जनताको बहुदलीय जनवाद जबजको प्रतिपादन गरेका थिए। विसं २०४९ माघ १४(२० मा सम्पन्न एमालेको पाँचौं राष्ट्रिय महाधिवेशनमा जननेता भण्डारीबाट प्रस्तुत र पारित ‘नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद’ अहिले पनि एमालेको मार्गदर्शक सिद्धान्तका रुपमा रहेको छ।

२००९ असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा आमा चन्द्रकला र बुबा देवीप्रसादका माइला छोराका रूपमा मदन भण्डारीको जन्म भएको थियो।

०५० जेठ ३ गते पार्टीको कामको सिलसिलामा पोखराबाट चितवन जाने क्रममा दासढुंगा दुर्घटनामा मदन र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो।