कोदालोले हानेर भाउजुको हत्या

  Sampatti News 2024

June 28, 2024

महोत्तरी । आफ्नै ५० वर्षीया भाउजु रीतादेवी यादवको हत्या गरेको अभियोगमा औरही नगरपालिका–४ बस्ने ४६ वर्षीय रामजतन यादवलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादका क्रममा रामजतनले कोदालो प्रहार गर्दा गम्भीर घाइते भएकी रीतादेवीको जानकी एकेडेमिक पर्सा महोत्तरीमा उपचारका क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट कठुधार र इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति:June 28, 2024