नेकपा एसः उम्मेदवार बन्नका लागि योग्यता

  Sampatti News 2024

June 29, 2024

काठमाडौं । नेकपा (एकिकृत समाजवादी)ले उम्मेदवार बन्न योग्यता तोकेको छ । शनिवार आयोजना गरिएको पत्रकार सम्मेलनमा एक कार्यकाल पूरा गरेका केन्द्रीयसदस्यहरुलेमात्र वदाधिकारीमा प्रतिस्पर्धा गर्न पाईने घनश्याम भुसालले बताए ।

उनले भने, ‘तर अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न पार्टीको स्थायी कमिटीको सदस्य हुन योग्यता पुगेको व्यक्ति हुनुपर्नेछ । यसै गरी उपाध्यक्ष, उपमहासचिव र सचिव बन्नका लागि पोलिटब्युरोको सद्यस्य बन्न योग्यता पुगेको व्यक्ति हुनुपर्नेछ ।’

केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन कमिटी, केन्द्रीय लेखा परिक्षण कमिदीर केन्द्रीय निर्वाचन कमिटीको सदस्य बन्नका लागि केन्द्रीय कमिटी वा केन्द्रीय निकायहरूको सदस्य भई काम गरेको वा संगठित पार्टी सदस्य भई कम्तिमा १० वर्ष काम गरेको वा प्रदेश कमिटीको सदस्य भई एक कार्यकाल वा जिल्ला कमिटीको सदस्य भई दुई कार्यकाल काम गरेको व्यक्ति केन्द्रीय सदस्य बन्न योग्य हुने उल्लेख गरेको छ।

महिला, दलित, सीमान्तकृत जनजाति र अपाडगता भएकाहरूको हकमा भने संगठित सदस्य भई सात वर्ष काम गरेको र एक कार्यकाल जिल्ला कमिटीमा रही काम गरेको व्यक्ति उम्मेदवार वन्न योग्य हुने उल्लेख गरेका छ।

यद्यपी, नेकपा एस एमालेबाट अलग भएको तीन बर्ष पुगेको छैन। तर, अहिले केन्द्रीय पदमा उम्मेदवार बन्नको लागि एमालेबाटै काम गरेकाहरुले मात्रै पाउने भएका छन्।

प्रकाशित मिति:June 29, 2024