ओली र देउवाबीच ‘वान टु वान’ वार्ता

  Sampatti News 2024

June 29, 2024

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा बीच ‘वान टु वान’ भेटवार्ता भएको छ ।

शनिवार सभापति देउवा ओलीलाई भेट्न ओली निवास वालकोट पुगेको बालकोट स्रोतले बताएको छ । दुई नेताबीच भएको वार्तामा के विषयमा छलफल भयो भन्ने विषय बाहिर आएको छैन ।

स्वास्थ्यमा सामान्य समस्याका कारण शनिबार कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी नभएका ओली भेट्न देउवा बालकोट पुगेका थिए ।

दुई शीर्ष नेताहरुबीच भएको भेटवार्ताले ती पार्टीभित्र तरंग ल्याएको छ ।

प्रकाशित मिति:June 29, 2024