भारत बन्यो टी-२० विश्वकपको च्याम्पियन

Nepal Cover
१७ असार २०८१, आईतवार
image

काठमाडौं । शनिबार राति भएको फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले दोस्रो पटक विश्वकपको उपाधि चुम्न सफल भएको छ । पहिलो पटक फाइनल पुगेको दक्षिण अफ्रिका भारतसँग पराजित हुन पुगेको हो ।

भारतले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय १६९ रन मात्र बनाएको थियो ।

अफ्रिकाको यो हार संगै नवौँ संस्करणको विश्वकपको अपराजित यात्रामा समेत पुर्णविराम लागेको छ।

खेलमा दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले बनाएको ५२ रन नै सर्वाधिक रहन पुग्यो ।

भारतले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय १६९ मात्रै रन बनाउन सक्यो ।