एकीकृत समाजवादीको महाधिवेशन आजबाट

  Sampatti News 2024

June 30, 2024

काठमाडौं । आजबाट एकीकृत समाजवादीको महाधिवेशन सुरु हुदै छ । प्रज्ञाभवन कमलादीमा आज ११ कार्यक्रमको उद्घाटन हुने छ ।

महाधिवेशनले वैचारिक दृष्टिकोणका साथै नीति तथा कार्यक्रम पारित गर्ने छ । महाधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्नेछ ।

आजबाट देखि २० गतेसम्म काठमाडौंमा आयोजना हुने महाधिवेशनका लागि ७७ जिल्ला र विभिन्न संगठनबाट एक हजार आठ सय प्रतिनिधि छानिएका छन् । यी प्रतिनिधिहरुले वरिष्ठ उपाध्यक्षसहित २१ पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति चयन गर्ने छन् ।

नेताहरुले सकेसम्म सहमतिमा नेतृत्व चयनको प्रयासमा छन् । नेतृत्वमा हालका अध्यक्ष माधव कुमार नेपाल र झलनाथ खनाल पक्षका घनश्याम भूसाल दाबेदार छन् ।

प्रकाशित मिति:June 30, 2024