June 30, 2024
काठमाडौं । गण्डकी प्रदेशमा गत जेठ २८ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई फ्लोर क्रस गरेर विश्वासको मत दिएका फणीन्द्र देवकोटा पुनः मन्त्री भएका छन् ।
पार्टीको ह्वीप नमानेको भन्दै जेठ ३२ मा माओवादीले फणीन्द्रलाई कारबाही गरेको थियो । तर, आफु माओवादीबाट सांसद नभएको भन्दै उनी सर्वोच्च अदालत पुगेका थिए । सर्वौच्चले उनको सांसद पद थमौति गरिदिएको थियो । देवकोटा नेपाल समाजवादी पार्टीका नेता हुन् ।
दोस्रोपटक मन्त्री बनेका देवकोटालाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ खुवाएका हुन् । उनले पुरानै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
प्रकाशित मिति:June 30, 2024
November 23, 2024