‘हिजो संसद विघटन गरेर ठिक गरे भन्नेले त्यहि कदम चाल्न सक्छन्’

Nepal Cover
१७ असार २०८१, आईतवार
image

काठमाडौैं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले हिजो संसद विघटन गरेर ठिक गरे भन्नेले फेरि पनि त्यहि कदम चाल्न सक्ने भएकाले सचेत रहन आग्रह गरेका छन् ।

आजबाट सुरु भएको पार्टीको १० औं महाधिवेशन उद्घान सत्रमा बोल्दै आफुसँग संख्या कम भए भन्दैमा न आत्तिनसमेत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आग्रह गरेका छन् ।

नेपालले भने , ‘प्रधानमन्त्रीज्यू अहिले पनि सुनिन्छ हामीले संसद विघटन गरेर ठिक गर्‍यौँ भन्दैछन्। हिजो विघटन गरेर ठिक गर्‍यौँ भन्नेहरूले भोलि फेरि विघटन गर्देलान् ख्याल गर्नुस्। विघटन गर्नुपर्ने आवश्यकता छैन। हामी पनि छौँ। संख्या कम छ भनेर आत्तिनु पर्दैन। जनताको भोटले पनि हुँदैन रहेछ।’