काठमाडौं । हिजोबाट सुरु भएको नेकपा(एकीकृत समाजवादी)को महाधिवेशनका बन्द शत्रका कार्यक्रम आजबाट चल्ने भएका छन् ।
सोमबारबाट सुरु भएको महाधिवेशन आज प्रतिवेदन पेसका कार्यक्रम चल्नेछन्।
एकीकृत समाजवादीको १०औँ राष्ट्रिय महाधिवेशनमा एक हजार ८४७ प्रतिनिधि सहभागी हुने पार्टीले जनाएको छ।
असार २० गतेसम्म चल्ने महाधिवशेनमार्फत पार्टीका विभिन्न दस्तावेज पारितका साथै नयाँ नेतृत्व चयन गर्ने एकीकृत समाजवादीले जनाएको छ।