‘गिरिबन्धु टि–स्टेटको जग्गा बेचेर अझै खाने दाउ छ ’

  Sampatti News 2024

July 1, 2024

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सासंद ज्ञानेन्द्र बहादुर शाहीले केही नेपाल ऐनलाई शंसोधन गर्न बनेको विधेयक अध्यादेशको नाममा गिरिबन्धु टि–स्टेटको जग्गा बेचेर अझै खाने दाउसहितको अध्यादेश ल्याएको आरोप लगाएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भूमि सुधार ऐनको दफा १२ लाई शंसोधन गरेर गिरिबन्धु टि–स्टेटको जग्गा कब्जा गर्ने नीतिका साथ सदनबाट पारित गर्ने भनेर रणनीति बनिरहेको बताए ।

उनले भने,‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई शंसोधन गर्न बनेको विधेयकको अध्यादेश आयो भनेको त गिरिबन्धु टि–स्टेटको जग्गा बेचेर अझै खाने अध्यादेश आएछ ।

प्रकाशित मिति:July 1, 2024