कांग्रेसले बोलायो पदाधिकारी बैठक

Nepal Cover
१९ असार २०८१, मंगलवार
image

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । मध्यरातमा एकालेसँग मिलेर सरकार बनाउने सहमतिभएसँगै देउवाले छलफलका लागि पदाधिकारी बोलाएका हुन् ।

बिहान नौ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्ने छ ।

बैठकमा नेकपा एमालेसँग सत्ता साझेदारीमा भएको समझदारीलाई अनुमोदन गर्ने विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।