कांग्रेस बैठकः एमालेसँग सहकार्य गर्ने समझदारी अनुमोदन, प्रधानमन्त्रीलाई राजीनामा दिन आग्रह

  Sampatti News 2024

July 3, 2024

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा दिन आग्रह गरेको छ । आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकले मार्गप्रशस्त गर्न पनि कांग्रेसले आग्रह गरेको हो ।

पहिलो चरणमा सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने र त्यसपछि दोस्रो चरणमा निर्वाचन सम्पन्न नभएसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने विषय बैठकले अनुमोदन गरेको हो ।

प्रकाशित मिति:July 3, 2024