नेकपा एसका मन्त्रीहरुले राजीनामा नदिने

  Sampatti News 2024

July 4, 2024

काठमाडौं । नेकपा एकीकृत समाजवादीका मन्त्रीहरुले प्रधानमन्त्री प्रचण्डलाई समर्थन गर्दै मन्त्रीहरुले राजीनामा नदिने भएका छन् । समाजवादीका नेता जगन्नाथ खतिवडाले प्रधानमन्त्रीप्रति अझै विश्वासको मत कायमै रहेकाले पार्टीका मन्त्रीहरूले राजीनामा नदिने बताएका छन्।

समाजवादीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बनेका छन्। जोशी संघीय मामिला तथा सामान्य प्रशासन र बुढालाई सहरी विकास मन्त्री छन्।

प्रकाशित मिति:July 4, 2024