एमालेबाट विद्रोहको औचित्य पुष्टि भयोः माधव नेपाल

  Sampatti News 2024

July 5, 2024

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गरेको पुष्टि भएको बताएका छन् । आज १० औं माधिवेशनको समापन समारोहलाई सम्बोधन गर्दे नेपालले १० औं महाधिवेशनपछि एमालेबाट विद्रोहको औचित्य पुष्टि गरेको दाबी गरेका हुन् ।

उनले भने– ‘महाधिवेशनको उद्घाटनको दिनमा पार्टीले निकालेको र्‍यालीले राष्ट्रिय राजनीतिमा तरंग ल्याएको छ । ष्ट्रिय राजनीतिमा उलटफेर भएको छ । त्यहाँ अहिले हाम्रो खोजी भइरहेको छ । कुनै पार्टी एक्लै जानसक्ने अवस्थामा छैन । त्यसैले सहयोगीहरुको आवश्यता पर्छ । त्यसैले हाम्रो आफ्नै भूमिका छ ।’

प्रकाशित मिति:July 5, 2024