नेकपा एस माधिवेशनः ९३ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा (सूचीसहित)

  Sampatti News 2024

July 5, 2024

काठमाडौं । नेकपा एकीकृत समाजवादीले ९३ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गरेको छ ।

अध्यक्ष, सम्मानित नेता र महासचिवबाहेक अन्य पदाधिकारी नगरी अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले ९३ जनाको नाम घोषणा गरेका हुन् ।

२९९ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था गरेको सो पार्टीले बाँकी सदस्य आगामी दश दिनभित्र पूर्णता दिने जनाएको छ ।

९३ जनामा अघिल्लो पोलिटब्युरो सदस्यमा रहेकाहरू अधिकांश परेका छन् । गत १६ गतेदेखि सुरु भएको सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन सम्पन्न हुने चरणमा छ ।

प्रकाशित मिति:July 5, 2024