चीनमा २२६ मिटर अग्लो बाँध भत्कियो, ६० हजार बढीको स्थानान्तरण

  Sampatti News 2024

July 6, 2024

काठमाडौं । चीनको हुनान प्रान्तको २२६ मिटर अग्लो बाँध भत्किएको छ । बाँधको केही भाग भत्किएपछि ६० हजार मान्छेलाई स्थानान्तरण गरिएको छ । जर्मनीको विश्व च्यानल डीडब्लूका अनुसार तोङथिङ बाँध शुक्रबार दिउँसो भत्किएको हो ।

चीनले २३०० भन्दा धेरै उद्धारकर्ता, १५० जल सवारी प्रयोग गरेर यो समस्यासँग जुधिरहेको बताइएको छ । राष्ट्रपति सी चिनफिङले सबैखाले तरिका अपनाएर काम गर्न आग्रह गरेका छन् ।

हुनान प्रान्तका सबै राजमार्ग बन्द गरिएका छन् । चीनको मध्य तथा दक्षिण भागमा मौसम बदली र वर्षा भएको तथा उत्तरी क्षेत्रमा हिटवेभ चलेको बताइएको छ । हुनानको यो बाँध दुर्घटना पनि लामो समय परेको झरीलाई एक कारण मानिएको छ ।

प्रकाशित मिति:July 6, 2024