प्रधानमन्त्री एक मिनेट पनि नैतिक आधार बस्न मिदैनः सांसद गैरे

  Sampatti News 2024

July 8, 2024

काठमाडौं । नेकपा(एमाले)का सांसद ठाकुरप्रसाद गैरेले प्रधानमन्त्रीले बहुमत गुमाएपछि कुनै धारा, उपधारा खोज्नुपर्ने कारण नरहेको भन्दै प्रधानमन्त्री एक मिनेट पनि बस्न नैतिक आधार नरहेको बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा बस्दै सांसद गैरेले राजीनामा नदिएर संविधानमा ‘प्वाँल’ पार्न खोजेको आरोपसमेत लगाएका छन् ।

संसदको आकस्मिक समयमा बोल्दै उनले भने–‘प्रधानमन्त्रीज्यू धारापानी खोज्दै हुनुहुन्छ । संविधानमा प्वाँल खोज्दै हुनुहुन्छ । यसरकारलाई फेरि अस्थिरतातर्फ, बेथितितर्फ, विभाजनतर्फ लैजान सकिन्छ कि भनेर प्रयत्न गर्दै हुनुहुन्छ र यहीँ सदनमा पनि अनेकन तर्क, विर्तकहरु गर्ने कोशिस गरिँदैछ ।’

प्रकाशित मिति:July 8, 2024