सरकार नढल्दै मन्त्रीहरुले सरकारी निवास छोडे

  Sampatti News 2024

July 8, 2024

काठमाडौं । सरकार परिवर्तनका लागि नयाँ समिकरण तयार भएको छ । प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्डले आगामी २८ गते विश्वासको मत लिने तयारी गररेका छन् । तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सरकारमा सहभागी भएका चार मन्त्रीले राजीनामा नदिए पनि सरकारी निवास छोडेका छन् ।

रास्वपाका मन्त्रीहरु गृहमन्त्री रवि लामिछाने र उपसभापति डीपी अर्याल, खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र शिक्षामन्त्री सुमना श्रेष्ठले राजीनामा नदिए पनि सरकारी क्वाटर छोडेका हुन् ।

गृहमन्त्री लामिछाने र उपसभापति डीपी अर्यालले गत १८ असारमै क्वाटर छोडेका थिए । खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले आज छोडेका हुन् । उनले आफू चढेको गाडी र गार्डहरु पनि फिर्ता गरेका छन् । शिक्षामन्त्री श्रेष्ठले पनि क्वाटर छोडेको बुझिएको छ ।

प्रकाशित मिति:July 8, 2024