पहिरोले गोठ पुर्दा बाललको मृत्यु, तीन जना घाइते

  Sampatti News 2024

July 9, 2024

रुकुम पूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिका–२ दल्लुगैरामा गएराति पहिरो जाँदा गोठमा सुतिरहेका एक बालकको ज्यान गएको छ ।

गोठमा सुतिरहेका कर्णबहादुर बुढाको परिवारका चारजनालाई बगाएकामा ११ वर्षीय सरगम बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हरिप्रसाद भट्टराईले बालकका बुबा ४० वर्षीय बुढा, आमा ३८ वर्षीया गम्मा बुढा र बहिनी ९ वर्षीया तिलसरा बुढाको अवस्था गम्भीर रहेको जानकारी दिए । उनीहरूलाई उपचारका लागि रुकुमकोट पठाइएको छ ।

प्रकाशित मिति:July 9, 2024