मुकुल ढकाल पदबाट बर्खास्त

  Sampatti News 2024

July 9, 2024

काठमाडौं । आज बसेको केन्द्रीय समितिबो बैठकले महामन्त्री मुकुल ढकाललायै सधारण सदस्य राखेर अन्य सबै पदबाट निष्काशन गरेको छ ।

रास्वपाको जारी केन्द्रीय समितिको बैठकले मंगलबार बर्खास्त गरेको हो ।

सो पार्टीको अनुशासन आयोगले यसअघि निलम्बित अवस्थामा रहेका महामन्त्री ढकाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्न सिफारिस गरेको थियो ।

रास्वपाको गत बुधबार बसेको केन्द्रीय समिति बैठकले महामन्त्री ढकाललाई एक साता निलम्बन गर्ने निर्णय गरेको थियो । बैठकमा अराजकरुपमा प्रस्तुत भएको तथा पार्टीविरुद्ध गतिविधि गरेको भन्दै उनलाई निलम्बन गरिएको थियो ।

उनको निलम्बन समय सकिन लागिरहेको अवस्थामा अनुशासन आयोगले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्न सिफारिस गरेको थियो ।

प्रकाशित मिति:July 9, 2024