कोशी प्रदेशः कांग्रेससहितको सरकार बनाउने तयारी

  Sampatti News 2024

July 9, 2024

विराटनगर । कोशी प्रदेशले पनि सरकार पुनरगठन गर्ने तयारी गरेको छ । केन्द्रमा नयाँ समिकरण बन्ने तयारी भएसँगै यहाँ पनि कांग्रेसका मन्त्री सामेल गर्न लागिएको हो ।

सोमबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री हिक्मत कार्कीले तत्कालै कसैलाई सरकारबाट हटाउने आफ्नो चाहना नभएपनि केन्द्रमा नयाँ समिकरण बनेपछि कोशी प्रदेशमा पनि नेपाली कांग्रेससहितको सरकार बन्ने बताएका छन् ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले केन्द्रमा २८ गते नयाँ समिकरण अनुसार नयाँ सरकार बनेपछि त्यसको असर र प्रभाव अनुसार कोशी प्रदेशमा सरकार पुर्नगठन हुने बताएका हुन्।

मुख्यमन्त्री कार्कीले सहमतिको सरकार बनाउने आफ्नो प्रयास भएपनि केन्द्रको समिकरण अनुसार नै प्रदेशमा सरकार बन्ने बताए ।

कोशी प्रदेशमा गत बैशाख २७ गते माओवादी केन्द्रका १३ जना सांसदहरुको समर्थनमा एमालेका हिक्मत कुमार कार्की मुख्यमन्त्री बनेका थिए ।

१० सदस्यीय कोशी प्रदेश सरकारमा एमाले बाहेक माओवादीका ३ जना मन्त्री र एक जना राज्यमन्त्री रहेका छन्।

प्रकाशित मिति:July 9, 2024