अध्यक्ष ओली अस्वस्थ भएपछि सचिवालय बैठक स्थगित

  Sampatti News 2024

July 9, 2024

काठमाडौं । दाँत दुखेर हैरान भएपछि एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पार्टीको सचिवालय बैठक स्थगित गरेर घरमै आराम गरेर बसेका छन् ।

दाँत दुख्ने समस्याले सताएपछि सोमबार उनको एउटा दाँत निकालिएको थियो । दाँत निकालेपछि बोल्न कठिनाइ भएकाले मंगलबारका लागि तय भएको सचिवालय बैठक स्थगित गर्नुपरेको उनको सचिवालयले जनाएको छ ।

मंगलबार दिउँसो १ बजेका लागि बैठक राखिएको थियो । अध्यक्ष ओलीको दाँतको समस्याका कारण दुई घण्टा सारेर ३ बजेलाई तय गरिएको थियो । तर, दाँत दुखेर बोल्न कठिनाइ भएपछि बुधबारका लागि बैठक सार्नुपरेको ओलीको निजी सचिवालयले जनाएको छ ।

अध्यक्ष ओली बालकोट निवासमै आराम गरिरहेका छन् ।

प्रकाशित मिति:July 9, 2024