बोली फेर्दै हिँडेका शेखर – कोशी प्रदेशमा केदारलाई मुख्यमन्त्री बनाए, केन्द्रमा शंका गर्न थाले !

  Sampatti News 2024

July 10, 2024

विपुल अधिकारी

काठमाडौं । असार १७ गते मध्यराति एमाले–कांग्रेसको नयाँ सत्तासमिकरणका लागि सहमति भए । नेकपा(एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लियो । मन्त्रीहरुले पनि राजीनामा दिए । संविधानको धारा ७६ (२) को पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानममन्त्री बनेका थिए ।

कांग्रेस कार्यसम्पादन समिति र संसदीय दलको बैठकले ७६ (२) अनुुसार एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने निर्णय गरेको छ । कांग्रेस र एमालेबीच आलोपालो सरकारको नेतृत्व गर्ने गरी १७ असारमा सहमति बनेको थियो । माओवादी केन्द्रको नेतृत्वमा रहेको सरकारलाई एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २८ असारमा विश्वासको मत लिने भएका छन् ।

प्रधानमन्त्रीले विश्वासको मत नपाए सिधै धारा ३ मा सरकार बन्ने धेरैले विश्लेषण गरिरहेका छन् । मंगलबारको संसदमा नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रराय यादवले नेपालको संविधानको ७६ (२) अनुसार प्रधानमन्त्री बनेका प्रधानमन्त्री प्रचण्डले सदनमा विश्वासको मत नपाएपछि ३ अनुसारको सरकार बन्ने दाबी गरेका छन् ।

उनले भने, प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने वैधानिक प्रक्रिया हो । उहाँले २८ गते विश्वासको मत पाउनुभएन भने स्वतः उपधारा ३ अनुसारको सरकार बन्छ । त्यसैले प्रतिपक्षका साथीहरुलाई धैर्यता गर्न आग्रह गर्छु ।

यता, संविधानको धारा ७६ (३) को सरकार बन्ने आशंका गर्ने कांग्रेस नेता शेखर कोइरालाले दुईदिनपछि नै आफ्नो बोली फेरेका छन् । उनले दुई दिनअघि मात्रै वर्तमान सरकार लडेसँगै ठूलो दलको नेतृत्वमा सरकार जाने बताएका थिए । कोइरालाले शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सम्म भन्न भ्याएका थिए । उनी बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाईसमेत भेटेका थिए । त्यसपछि कांग्रेसभित्रै पनि शेखर प्रधानमन्त्रीको लाइनमा हिँडेको आरोप लागेको थियो ।

तर, मंगलबार फेरि एकाएक कोइरालाले आफ्नो बोली फेर्दे संविधानको धारा ७६ (२) अनुसार नै हुने दाबी गरेका छन् ।

उनले भनेका छन् – कांग्रेस र एमाले मिलेर आलोपालो सरकारको नेतृत्व गरेर जाने कुरा गरेको छौं । र २८ गते प्रधानमन्त्रीले विश्वासको मत लिन्छु भन्नुभएको छ । उहाँलाई संविधानले दिएको अधिकार हो ।
मिडियाहरूमा धेरै आइरहेको छ, संविधानको धारा ७६ को २ अनुसार सरकार हुन्छ कि ३ अनुसार भन्ने म तपाईँहरूलाई विश्वास दिलाउन चाहन्छु, यसमा अलमल हुने काम छैन, अब बन्ने सरकार ७६ (२) कै सरकार हुन्छ । यहाँ धेरै मिडियाहरूले मजा लागेको हो वा के हो मैले बुझ्न सकेको छैन । तर अब बन्ने सरकार संविधानको धारा ७६ को उपधारा २ कै हुन्छ ।
यो विषयमा मैले अस्ति केही कुरा राखेको थिएँ। तर, केही कुरा बङ्गाइदिनुभयो। शेखर त ७६ (३) को सरकार खोजिरहेको हो कि भन्ने आशंका बाहिर गयो। तर, मैले त सात आठ महिनाअघि देखिनै कांग्रेस एमाले मिल्नुपर्छ भन्दै आइरहेको थिएँ। देशमा अस्थिरता निम्तिएको छ, सरकार चेन्ज भएको भइरहेको छ ।

वर्तमान नजिर कोशीको, स्वामित्वकै शेखरको यसअघि कोशी प्रदेशमा कांग्रेस एमाले मिलेर सरकार बनाएका थिए । कांग्रेस नेता केदार कार्कीलाई एमालेले बोकेर सरकार बनाएको थियो ।

जबकी केदारलाई सहयोग गर्दा कांग्रेसको संस्थापन इतर पक्षमा एमालेसँग मिलेको थियो । कांग्रेसको इतरपक्षको नेतृत्व शेखरले नै गर्छन् । तर अहिले तिनै शेखर केन्द्रमा आशंका गर्दै हिँडेका छन् ।

प्रकाशित मिति:July 10, 2024