म अझै पनि महामन्त्री हुँ, चाहेमा कुर्सीमा गएर बस्न सक्छु तर बखेडा गर्ने पक्षमा छैनः डा. मुकुल ढकाल

  Sampatti News 2024

July 10, 2024

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका बर्खास्त महामन्त्री डा. मुकुल ढकालले सभापति रवि लामिछानेविरुद्ध आक्रोस व्यक्त गरेका छन् । आज पत्रकार सम्मेलन गर्दै उनले आफु अझै पनि महामन्त्री रहेको दाबी गर्दे रविविरुद्ध आगो ओकलेका हुन् ।

उनले भने– ‘रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीलाई हाइज्याक गरेर क्लबमा परिणत गर्नुभयो । रवि लामिछानेको एलिट क्लबले पार्टी कार्यालय कब्जा गर्‍यो, त्यसैले मैले आज यहाँ आएर पत्रकार सम्मेलन गर्नुपरेको छ ।’

उनले भने– ‘म झै पनि महामन्त्री हो । चाहेमा कुर्सीमा गएर बस्न सक्छु तर बखेडा गर्ने पक्षमा छैन । राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री र प्रवक्ताबाट म निलम्बित भएको छैन । मलाई रवि लामिछानेको क्लबबाट हटाइएको हो ।’

उनले सहकारी प्रकरणमा रास्वपाले पार्टीमा पनि समिति गठन गरेर छानविन गर्नुपर्ने माग गरेका छन् । रविको पासपोर्टको विषयमा पनि उच्चस्तरीय छानबिन गर्नुपर्ने बताए ।

‘सर्वोच्च अदालतले पनि फैसला गरिसकेको छ । पार्टीभित्रबाट स्वतन्त्र उच्चस्तरीय छानविन समिति गठन हुनुपर्‍यो,’ उनले भने, ‘छानबिन समितिमा रवि लामिछानेका गोजीबाट होइन स्वतन्त्र व्यक्तिहरु राख्नुपर्‍यो ।’

प्रकाशित मिति:July 10, 2024