ओलीले जालझेल र षड्यन्त्र गरे : प्रधानमन्त्री प्रचण्ड

  Sampatti News 2024

July 10, 2024

काठमाडौं । आज बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक घटना क्रम र सरकार अल्पमतमा परेको विषयमा ब्रिफिङ गरेका छन् । बैठकमा प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जालझेल र षड्यन्त्र गरेको ब्रिफिङ पार्टीका सांसदहरुसमक्ष गरेका हुन् ।

माओवादी प्रमुख सचेतक हितराज पाण्डेले कांग्रेसलाई पनि सरकारमा सामेल गर्ने गरी संवाद भइरहेको विषयमा सार्वजनीक भएको विषय कुनैपनि सत्यता नभएको प्रधानमन्त्रीले भन्नुभएको बताएका हुन् ।

प्रधानमन्त्रीले पछिल्लो राजनीतिक घटनाक्रम र एमाले–कांग्रेसबिचको समीक्षा गर्दै अध्यक्ष ओलीले आफूहरूलाई ढाँटेको बैठकमा जानकारी समेत गराएका छन् ।

प्रकाशित मिति:July 10, 2024