जनमत पार्टीका सात जना नेता निलम्बन

  Sampatti News 2024

July 10, 2024

काठमाडौं । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले सात जना नेतालाई तीन महिना निलम्बन गरेको छ ।

असार २० गते बसेको पार्टी केन्द्रीय अनुशासन समितिको बैठकबाट आन्तरिक छानबिन समितिको प्रतिवेदनमाथि विचार गर्दै उक्त निर्णय गरेको सो पार्टीले जनाएको छ ।

निलम्बनमा पर्नेहरुमा विशेश्वरप्रसाद (वीप) साह केन्द्रीय सचिव, रामेश्वर यादव केन्द्रीय सदस्य, कृष्णचन्द्र साह मिर्चैया नगरपालिका सचिव, अरविन्द सहनी पुर्वजिल्ला अध्यक्ष, धिरज कामती साधारण सदस्य, अनिता कुमारी यादव वडा प्रत्याशी र दिपनारायण यादव पूर्व नगरपालिका सचिव रहेका छन् ।

प्रकाशित मिति:July 10, 2024