माओवादीको निष्कर्ष-प्रधानमन्त्रीले विश्वासको मत नपाए धारा ७६ (३) अनुसारनै सरकार

Nepal Cover
२७ असार २०८१, बुधबार
image

काठमाडौं । आज बसेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाए सविधानको धारा ७६ (३) बमोजिम नै सरकार बन्ने निष्कर्षसहतिको निर्णय गरेको छ ।

प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिदैछन् । विश्वासको मत प्राप्त गर्ने दाबी गर्दै प्रधानमन्त्रीले विश्वासको मत नपाएमा संबिधानको धारा ७६ को उपधारा ३ अनुसारकै सरकार बन्ने बैठकले निष्कर्ष निकालेको हो ।

कांग्रेस र एमालेबीच भएको सहमति अनुसार एमालेका अध्यक्ष ओली नेपालको संविधान ०७६ ९२० अनुसार प्रधानमन्त्री बन्ने सहमति भएको छ। तर, माओवादी केन्द्र ओलीलाई रोक्ने ०७६ ९३० मा धकेल्न चाहन्छ।

आफूले विश्वासको मत नपाएको खण्डमा ०७६ (३) पुग्दा ठूलो दलको हैसियतले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन्। तर, कांग्रेस(एमालेले दुवै ७६ (२) कै सरकार बन्नेमा ढुक्क छन्।

बैठकले प्रधानमन्त्रीलाई विश्वासको मतका लागि संविधानको कार्यान्वयन र रक्षाका पक्षमा उभिएका सबै दलहरूसँग कुरा गर्ने निर्णय भएको एक नेताले बताएका छन् ।