राष्ट्रपति रामचन्द्र पौडेल अन्यौलमाः नयाँ सरकार ७६ (२) अन्तर्गत बन्ने कि ७६ (३) ?

  Sampatti News 2024

July 10, 2024

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल नयाँ सरकार गठनका विषयलाई लिएर निकै अन्यौलमा परेका छन् । अब बन्ने सरकार संविधानको धारा ७६ को उपधारा २ अन्तर्गत बन्ने कि ३ मा भन्ने विषयमा निकै अन्यौलमा रहेको बुझिएको छ ।

शीतल निवासमा भएको एक औपचारीका कार्यक्रममा राष्ट्रपति पौडेलले संविधानको कुन धारामा सरकार गठन हुन्छ भन्ने विषयमा अन्यौल रहेको बताएको उक्त कार्यक्रममा सहभागीले बताएका छन् । पौडेलले सोहि विषयलाई लिएर शीर्ष नेताहरुसँग संवाद गर्ने तयारी गरिरहेको बुझिएको छ ।

काँग्रेस र एमालेले संविधानको धारा ७६ को उपधारा २ बमोजिम नियुक्त प्रधानमन्त्री प्रचण्डले एक महिनाभित्र विश्वासको मत पाइसकेको र यसबीचमा चौथोपटक विश्वासको मत लिन लागेकाले अब धारा ७६ को उपधारा ३ आकर्षित नहुने बताएका छन् ।

पौडेलले विश्वासको मतको प्रक्रिया सकिएपछि नै त्यसबारे छलफल गर्ने तयारीमा रहेको बताइन्छ । नेपालको संविधानमा धारा ७६ (४) बमोजिम विश्वासको मत लिन नसक्दा मात्र उपधारा ३ बमोजिम ठूलो दलको नेता प्रधानमन्त्री हुने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति:July 10, 2024