सुनको मूल्य कति छ ?

  Sampatti News 2024

July 11, 2024

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख ४४ हजार १ सय रूपैयाँमा कारोबार भएको सुन आज ८ सय रूपैयाँले बढेर १ लाख ४४ हजार ९ सय रूपैयाँमा कारोवार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार २ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार ८ सय ७० रूपैयाँमा कारोबार भएको चाँदी आज १५ रूपैयाँले बढेर १ हजार ८ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति:July 11, 2024