आज ४ बजे संसद बैठक बस्दै

Nepal Cover
२८ असार २०८१, बिहीबार
image

काठमाडौं । आज पनि संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक बस्दै छ । संसद् भवन नयाँबानेश्वरमा दिउँसो ४ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।