प्रधानमन्त्रीलाई विश्वासको मत नदिने राप्रपाको निर्णय

  Sampatti News 2024

July 11, 2024

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । विहीबार पार्टी कार्यालयमा बसेको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिएका छन् ।

उनले भने, ‘प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । उहाँले नेपालका जनता मारेर राजनीतिक गर्नुपर्छ भन्ने जुन उहाँको पृष्ठभूमि छ त्यसको कारणले पनि भोलि प्रधानमन्त्रीलाई विश्वासको मत दिन सक्दैनौं ।’

यस्तै, उनले मुलुकका युवाहरुलाई विदेश जान बाध्य पार्ने, देशको भौतिक संरचना ध्वस्त पार्ने र मुलुकलाई विश्वको सबैभन्दा गरिब देशमा पर्नेगरि अहिलेको प्रधानमन्त्रीको नेतृत्व भएको भन्दै प्रधानमन्त्री कुनै पनि हिसाबले राजनीतिज्ञ नै नभएको बताए ।

प्रकाशित मिति:July 11, 2024