प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने

Nepal Cover
२९ असार २०८१, शुक्रबार
image

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज शुक्रबार दिउँसो ३ बजे विशेष सम्बोधन गर्ने भएका छन् ।

प्रतिनिधिसभाबाट विश्वासको मत लिने प्रक्रिया सकिएपछि उनले माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडाबाट विशेष सम्बोधन गर्ने भएका हुन् ।

देशको पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा पार्टी कार्यालय पेरिसडाँडाबाट सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ ।