चितवनको गोलाघाटको नदीबीचमा एक व्यक्तिको शव भेटियो

  Sampatti News 2024

July 13, 2024

काठमाडौं । हिजो चितवनको नारायणगढ-मुग्लिन सडक खण्डमा बगाएको दुईवटा वस र यात्रु खोज्ने क्रममा गोलाघाटको नदीबीचमा एक व्यक्तिको शव फेला परेको छ ।

मृत भेटिएका व्यक्तिको पर्सबाट ग्लोबल आइएमइ बैँकको ऋषि पल साह नामको एटीएम कार्ड पनि भेटिएको प्रहरीले जनाएको छ ।

करिब ३०–३५ वर्ष जतिको एक पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ ।

शव दुर्घटनामा मृत्यु भएका व्यक्तिको हो होइन यकिन भइसकेको छैन ।

प्रकाशित मिति:July 13, 2024