‘प्रचण्ड’को मुटु चस्काउने त्यो दिन !

  Sampatti News 2024

July 13, 2024

काठमाडौं । गएको असार १८ गते एका विहानै पत्रपत्रिकामा खबर आयो की अब, नयाँ सत्ता सकिरण बन्ने भयो । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने विभिन्न पत्रपत्रिकामा खबर आएको थियो । जुन समिकरण १७ गते मध्यराति सहमति भएको थियो ।

एकाविहानै उठ्ने वित्तिकैको त्यो खबर नै हो कामचलाउ सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मुटु चस्काउने खबर । दुई दिनअघि एमाले अध्यक्ष ओली र नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवाबीच आरजु राणालाई साक्षी राखेर बालकोटमा भएको संवादले सत्ता समिकरण बदल्ने विषय पुरै फैलिएको थियो । असार १६ गते दिउसो कांग्रेस सभापति शेरबहादुर देउवा र आरजु राणा केपीओलीसँग संवाद गर्न बालकोट गए । त्यहि बेला नै एक खालको सहमति भएको थियो की नयाँ सरकार बनाउने र पहिलो चरणमा ओली प्रधानमनत्री बन्ने । २०८४ को चुनाबी सरकारको नेतृत् देउवाले गर्ने ।

उक्त हल्ला सुनेपछि प्रचण्डले असार १७ गते सोमबार बालुवाटारमै केपी ओलीलाई बोलाएर करिव साढे तीन घण्टा लामो सम्बाद गरे । सम्बादका क्रममा केपी ओलीले सरकारको कार्यशैलीप्रति असन्तुष्टि प्रकट गर्दै सुध्रिनुपर्ने धारणा राखेका थिए ।
प्रचण्डले पनि आफ्ना गल्ती तथा कमजोरी सच्याएर अब सल्लाह गरेरमात्र अघि बढ्ने प्रतिवद्धता ओली समक्ष जनाएका थिए । प्रचण्डले ‘हाम्रा असमझदारीकै कारण सत्ता समिकरण बदल्नु पर्दैन, म प्रधानमन्त्री छोड्न तयार छु, तपाईं प्रधानमन्त्री बन्नुहोस्’ भनेर केपीलाई फकाउने काम भयो र केपीले पनि आफू फकिएको जस्तो स्वाङ पारेका थिए । अब नेपाली काङ्ग्रेसलाई पनि साथसाथै लिएर जाने, सरकारका काम कारवाही प्रभावकारी बनाउने भन्दै दुवै नेता सहमतिमा पुगेर बैठक सकिएको थियो । यही सरकारालाई निरन्तरता दिने, नेपाली काङ्ग्रेसलाई पनि स्पेस दिएर अघि बढ्ने र सरकारलाई अझै प्रभावकारी बनाउनेजस्ता तीन वटा बुदामा उनीहरुबीच सहमति भएको थियो ।

सोहि बेला प्रचण्डले नराम्रोसँग फ्लप खाइसकेका थिए । ओलीसँगको सम्बादमा ढुक्क भएका प्रचण्डले आफ्ना पार्टीका नेताहरुलाई पनि सरकार पाँचै वर्ष चल्ने विषय ओलीसँग भएको भन्दै सुनाएका थिए । आफ्नो नेतृत्वमा भएको सरकार बचाउन सफल भएका प्रचण्ड त्यो रात ढुक्कसँग निदाएका थिए । तर, बिहान साढे ४ बजे उठ्दा सत्ता समिकरण बदलिसकेको थियो । आफूलाई राजनीतिको ठूलो खेलाडी ठान्ने प्रचण्ड यसपटक केपीबाट नराम्रोसँग फ्लप खाए ।

उक्त समिकरणका विषय आउनु भन्दा पहिले पाँचै वर्ष सरकार टिक्ने विश्वास गरेका प्रचण्डले आफु हुँदासम्म उथलपुथल गर्ने र ३२ को जादुमयी नम्बर घुमाइरहने घोषणा समेत गरेका थिए । तर, उनको उक्त अभिव्यक्ति धेरै दिन टिक्न पाएन ।

प्रकाशित मिति:July 13, 2024