मुख्यमन्त्री दीर्घबहादुर सोडारीको तत्काल राजीनामा माग

  Sampatti News 2024

July 13, 2024

काठमाडौं । दूरपश्चिमका तीन राजनीतिक दलद्वारा मुख्यमन्त्री दीर्घबहादुर सोडारीको तत्काल राजीनामा माग गरेका छन् । उनीहरूले मुख्यमन्त्रीलाई राजीनामा दिएर नयाँ सरकार गठनको प्रक्रियामा सहजीकरण गर्न आग्रह गरेका छन् ।

शनिबार संसद सचिवालयमा नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीका नेताहरूले संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै एकीकृत समाजवादी संसदीय दलका नेता एवम् मुख्यमन्त्री सोडारीलाई सरकार गठन र बजेट माथिको छलफलका लागि राजीनामा दिएर सहजीकरण गरिदिन आग्रह गरेका हुन् ।

पत्रकार सम्मेलनमा एमाले संसदीय दलका उपनेता सन्तोष थापा (शर्मा) प्रमुख सचेतक वीरबहादुर थापा, नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता धनश्याम चौधरी, पूर्वमन्त्री रामेश्वर चौधरी लगायतको सहभागिता थियो । केन्द्रमा नयाँ सत्ता गठबन्धन बनेपछि सुदूरपश्चिममा नेकपा एमालेले मुख्यमन्त्री सोडारीलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।

प्रकाशित मिति:July 13, 2024