अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार

  Sampatti News 2024

July 14, 2024

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि चुनाबी र्यालीका समयमा गोली प्रहार भएको छ ।

हाल अमेरिकी राष्ट्रपति पदका उम्मेदवारसमेत रहेका ट्रपमाथी पेन्सिल्भेनियाको बटलरमा शनिबार भएको एक र्‍यालीमा गोली प्रहार भएको हो ।

यो घटनापछि डोनाल्ड ट्रम्प आफ्नो दाहिने कानमा हात राखेको देख्न सकिन्छ । ट्रम्पको र्‍यालीमा धेरै पटक गोली चलेको आवाज सुनिएको थियो ।

पूर्व राष्ट्रपति ट्रम्पले आफूलाई मेरो दाहिने कानको माथिल्लो भागमा गोली लागेको बताएका छन् । चुनावी र्‍यालीलाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार भएको हो ।

प्रकाशित मिति:July 14, 2024