आज नयाँ प्रधानमन्त्रीमा केपी ओली नियुक्त हुँदै

  Sampatti News 2024

July 14, 2024

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको सरकार ढलसँगै आज नयाँ प्रधानमन्त्रीको रुपमा राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई नियुक्त गर्दैछन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आज साँझ ५ बजेभित्र आफ्नो दाबी पेस गर्न शुक्रबार आह्वान गरेका थिए ।

ओलीले नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीका लागि शुक्रबार नै दाबी पेस गरिसकेका छन् ।

उनले नयाँ सरकार गठनका लागि तोकेको समयसीमा सकिएपछि प्रधानमन्त्रीको नियुक्ति र शपथको प्रक्रिया अघि बढाउने बुझिएको छ । आज प्रधानमन्त्री नियुक्त गर्ने र सोमबार (भोली) सपथ ग्रहणको कार्यक्रम रहने छ ।

प्रकाशित मिति:July 14, 2024