नयाँ प्रधानमन्त्री नियुक्तिविरुद्ध रिट दायर

  Sampatti News 2024

July 15, 2024

काठमाडौं । नयाँ प्रधानमन्त्री नियुक्त र सपथविरुद्ध सर्वोच्चमा आज रिट परेको छ । निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको सरकार ढलेपछि राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नियुक्त गरेका थिए ।

सोहि नियुक्ति र शपथ विरुद्ध सर्वोच्च अदालतमा खगेन्द्र चापागाईँ, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले बदरको माग गर्दै सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।

उनीहरुले प्रधानमन्त्री नियुक्ति बदर गर्दै ३ अनुसार नयाँ नियुक्ति गर्न माग गरेका छन् ।

प्रकाशित मिति:July 15, 2024