ओलीले लिए ४५ औँ प्रधानमन्त्रीका रूपमा शपथ

  Sampatti News 2024

July 15, 2024

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियतको सपथ लिएका छन् । आज शीतल निवासमा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुत्तः प्रधानमन्त्री ओलीलाई सपथ गराएका हुन् ।

प्रधानमन्त्री ओलीले देशको ४५ औँ प्रधानमन्त्रीका रूपमा शपथ लिएका हुन् ।

शपथग्रहण समारोहका उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, पूर्वप्रधानमन्त्रीहरु, सांसद, कूटनीतिक नियोगका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति:July 15, 2024