बीपीको शालिकमा माल्यार्पण गरेपछि मात्र कांग्रेसका मन्त्रीहरु सिंहदरबार छिरे

  Sampatti News 2024

July 15, 2024

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहितको २२ सदस्यीय मन्त्रिपरिषद्मा सामेल भएका कांग्रेसका मन्त्रीहरुले सिंहदरबार छिर्नुअघि पार्टी कार्यालय सानेपामा पुगेर बीपी कोइरालाको शालिकमा माल्यार्पण गरेका छन् ।

उपप्रधान एवम शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालगायतले रत्नपार्कको शान्तिवाटीकामा पुगेर गणेशमान सिंहको शालिकमा माल्यार्पण गरेका हुन् ।

मन्त्रिपरिषद्मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गरेकाहरुलाई राष्ट्रपति पौडेलले आइतबार नियुक्त गरेका हुन् । नेपालको संविधानको धारा, ७६ (२)बमोजिम नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को समर्थनमा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

प्रकाशित मिति:July 15, 2024