एकै जिल्लाले पायो तीन मन्त्री

  Sampatti News 2024

July 15, 2024

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा पर्सा जिल्लाबाट तीन जना मन्त्री बनेका छन् । पर्साबाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित तीन जना सांसदहरु मन्त्री बन्न सफल भएका छन् ।

पर्साको प्रतिनिधिसभाको निर्वाचन क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ निर्वाचित सांसद प्रदीप यादव खानेपानीमन्त्री बनेका छन् ।

त्यस्तै, क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ निर्वाचित हभएका सांसद अजयकुमार चौरसिया कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा नियुक्त भएका हुन् ।

निर्वाचन क्षेत्र नं ३ बाट प्रत्यक्षतर्फ निर्वाचित राजकुमार गुप्ताले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको नियुक्त भएका छन् ।

पर्सामा चार निर्वाचन क्षेत्र छन् । तीमध्ये क्षेत्र नं १, २ र ३ मा छुट्टाछुट्टै दलबाट सांसद बनेका तीनजना मन्त्री बनेका हुन् ।

सांसद यादव जनता समाजवादी पार्टीको तर्फबाट, सांसद चौरसिया नेपाली कांग्रेस र सांसद गुप्ता नेकपा (एमाले)को तर्फबाट सांसद बनेका हुन् ।

तीनैजना मन्त्री बनेपछि पर्सामा पूर्वाधार विकास तथा निर्माणले गति लिने जनअपेक्षा छ ।

प्रकाशित मिति:July 15, 2024