कोरोना अपडेटः ९ मृत्यु, १ हजार ४१ संक्रमित थप

  Sampatti News

September 5, 2020

काठमाडौं। पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ४१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको प्रवक्ता डा. गौतमले जानकारी दिएका हुन्।

योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४५ हजार २७७ जना पुगेको छ।

यो अवधिमा काठमाडौं उपत्यकामा ४०८ जना कोरोना संक्रिमत थपिएका छन्। योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ हजार ९ सय १ पुगेको छ ।
सोही अवधिमा १५ सय ६६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म २७ हजार १२७ जना संक्रमणमुक्त भएको भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। होम आइसोलेसन तथा अस्पताल वा संस्थागत आइसोलेसनबाट उनीहरू संक्रमणमुक्त भएको उनले बताए।

त्यस्तै पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर मृत्यु हुने कोरोना संक्रमितमध्ये २८० पुगेको छ।
प्रदेश १ मा मोरङ वर्षिया महिला, प्रदेश २ मा महोत्तरीका ७८, बाराका ७५ वर्षीय पुरुषको मृत्यु भएको छ।

त्यसैगरी, बागमती प्रदेशमा मकवानपुरका ५२ वर्षिया महिला, काठमाडौंका ४१, ५९ र ६५ वर्षीय पुरुषको मृत्यु भएको छ। प्रदेश ५ मा नवलपरासीका ३६ वर्षिया महिला र रुपन्देहीका ४० वर्षीय पुरुषको मृत्यु भएको छ।

देशभर ३ महिला र ६ पुरुष गरी ९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएकोछ ।

प्रकाशित मिति:September 5, 2020