घट्यो सुनको मूल्य

Nepal Cover
३ श्रावण २०८१, बिहीबार
image

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बुधबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ४९ हजार ८ सय रहेको थियो । आज तोलामा ३ सयले सुनको मूल्य गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज प्रतितोला सुनको मूल्य १ लाख ४९ हजार ५ सय कायम भइ कारोबार भइरहेको छ ।

त्यस्तै आजका लागि तेजावी सुनको मूल्य १ लाख ४८ हजार ८ सय रहेको छ ।

त्यसो त आज प्रतितोला चाँदीको मूल्य ३५ रुपैयाँले गिरावट आएको छ । बुधबार प्रतितोला चाँदीको मूल्य १ हजार ८ सय ९५ कायम भइ कारोबार भएकोमा आज १ हजार ८ सय ६० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।