लोसपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने

  Sampatti News 2024

July 18, 2024

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने भएको छ ।

बिहीबार लोसपा अध्यक्ष एवं संसदीय दलका नेता ठाकुरको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

बैठकपछि जानकारी दिँदै सो पार्टीका प्रमुख सचेतक रामप्रकाश चौधरीले जानकारी दिए।

ओली नेतृत्वको सरकारलाई समर्थन गरेको दल लोसपाबाट यसअघि नै भागबण्डामा परेको एक सांसदलाई सरकारमा पठाएको छ । लोसापका तर्फबाट नेता शरदसिंह भण्डारी श्रम तथा रोजगारमन्त्री रहेका छन्।

हाल प्रतिनिधिसभामा लोसपाका चार सांसद रहेका छन्। प्रधानमन्त्री ओलीले आगामी साउन ६ गते प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन्।

प्रकाशित मिति:July 18, 2024