जसपा नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने, संविधान संशोधनको पक्षमा उभियो

Nepal Cover
४ श्रावण २०८१, शुक्रबार
image

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने भएको छ ।

पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकार बाहिरै बसेर आफूहरूले ओली नेतृत्वको सरकारलाई सघाउने र विश्वासको मत दिने बताएका छन् ।

उनले ओली नेतृत्वको सरकारले संविधान संसोधनको मुद्दा अघि बढाएकाले आफुहरुले बाहिरै बसेर साथ दिन लागेको बताएका हुन् ।

काँग्रेस एमालेको मिलनबारे उनले थपे, ‘संविधान संशोधनको एजेण्डा हाम्रो हो। उहाँहरूले अहिले समेट्नुभएको छ। त्यसैले अब हामी बाहिर बसेर काम हेर्छौँ। संविधान संशोधन गर्नुपर्छ भनेर हामीले घोषणा भएदेखि भन्दै आएका हौँ।’

काँग्रेस एमाले सरकारको काम गरेर सरकारमा जाने नजाने पछि निर्णय हुनसक्ने बताए।