कांग्रेस–एमाले समिकरणकाविरुद्ध संघर्ष गर्ने चार दलको तयारी

Nepal Cover
४ श्रावण २०८१, शुक्रबार
image

काठमाडौं । मेधेश केन्द्रत चार वटा दलले कांग्रेस–एमालेबीचको समिकरणविरुद्ध संघर्ष गर्ने चेतावनी दिएको छ ।

तमलोपा, एकीकृत समाजवादी पार्टी, मधेशी राष्ट्रिय मुक्ति मोर्चा नेपाल र नेपाल सद्भावना पार्टीको संयुक्त मधेश संघर्ष समितिले गठबन्धनले एकात्मक शासन व्यवस्थालाई स्थापित गर्न खोजेको भन्दै संघर्ष गर्ने तयारी गरेका हुन् ।

संघर्ष समितिले एक विज्ञप्ति जारी गर्दै वर्तमान संविधानको संशोधनलाई प्राथमिकतामा राखेको समाचारहरूमा देखा परे पनि जनयुद्ध, संयुक्त जनआन्दोलन र मधेश आन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई समाप्त गरी एकात्मक शासन व्यवस्थालाई स्थापित गर्न खोजेको आरोप समितिले लगाएको छ ।

समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रतिनिधि सभाबाट समानुपातिक समावेशी प्रतिनिधित्व समाप्त गर्ने, संघीय संसदमा प्रदेश र स्थानीय तहको प्रतिनिधि सदन राष्ट्रिय सभाको वर्तमान भूमिका खत्तम गर्ने, अनुचित थ्रेसहोल्डमा झन् वृ‌द्धि गरेर बहुदलीय लोकतन्त्रको स्वरूप सिध्याएर दुई दलीय स्वरूपमा लैजाने जस्ता षडयन्त्रहरू देखा परेका छन् ।’